Information is intelligence
HomeScience & Technologyफेसबुक म्यासेन्जरमा समस्या, तपाईंले गरेको कुराकानी अरुले सुन्न सक्ने

फेसबुक म्यासेन्जरमा समस्या, तपाईंले गरेको कुराकानी अरुले सुन्न सक्ने

- Advertisement -spot_img

काठमाडौं । कुनै व्यक्तिहरु बिच कुराकानी भैरहँदा, ति पक्षलाई थाहा नदिकन कुरा सुन्नुलाई अनैतीक मानिन्छ, प्रविधीको विकास सँगै आज भोली स्मार्ट-फोनमा विभिन्न एप्सको सहयोगबाट  एक-अर्कासँग घण्टौँसम्म कुराकानी गर्न सकिने सुबिधा छ तर यसमा पनि कसैले तपाईंहरु बिचको कुरा सुन्न मिल्यो भने ?

अहिले फेसबुकको मेसेन्जरमा एउटा त्यस्तै समस्या भेटिएको छ।

फेसबुक म्यासेन्जरमा देखिएको यो समस्या गुगलकी सेक्युरिटी रिसर्चर न्याट्ली स्लिभानोभिचले अघिल्लो महिना पत्ता लगाएका हुन् । उनका अनुसार यो समस्या एन्ड्रोइड फोन प्रयोगकर्तामा देखिएको छ ।

यसका लागि ह्याकरले प्रयोगतर्कालाई फोन कल गर्छ र उक्त फोन कलसँगै उसले नदेखिने म्यासेज पठाउँछ । उक्त कल तपाईंले नउठाउँदा पनि उसले म्यासेज छाड्न सक्छ । उक्त म्यासेजमार्फत ह्याकरले त्यसपछिका दिनमा हुने कललाई सहजै सुन्न सक्ने जनाइएको छ ।

तर, धन्य यो छ कि प्रयोगकर्ता र ह्याकर दुवैले एन्ड्रोइड फोनमार्फत म्यासेन्जर लगइन गरेको हुनुपर्नेछ । सँगै प्रयोगतर्काको हकमा उसले वेब भसर्नमा पनि म्यासेन्जर लगइन गरेको हुनुपर्नेछ । त्योभन्दा पनि महत्वपूर्ण कुरा ह्याकरले कल गर्ने भएकाले ह्याकर र प्रयोगकर्ता यसअघि नै साथी हुनुपर्नेछ ।

अहिले भने यो समस्या समाधान भइसकेको छ र यो समस्या पता लगाए बापत फेसबुकको बगबाउन्टी कार्यक्रम अन्तर्गत न्याट्लीले ६०,००० डलर जितेकी छिन्।

न्याट्ली गुगलको प्रोजेक्ट जिरोमा रिसर्चर हुन्, जहाँं केही समय देखी रिसर्चरहरु चर्चित एप्सहरुमा भएका समस्याहरु पत्ता लगाइरहेका छन्।

भावानुवाद:थ्रेटपोष्ट

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु