Information is intelligence
HomeSportsच्याम्पियन्स लिग अन्तर्गत आठ खेल हुँदै (खेल तालिका)

च्याम्पियन्स लिग अन्तर्गत आठ खेल हुँदै (खेल तालिका)

- Advertisement -spot_img

९ मंसिर, काठमाडौं। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज समूह चरणका आठ खेल हुँदै छन् । च्याम्पियन्स लिगको समूह चरणको म्याच डे चार अन्तरगतका आठ खेल हुन लागेको हो । आज समुह इ, यफ, जी, एच अन्तरगत रहेका टिमहरु बिचको खेल हुँदै छ।

समुह इ को शिर्ष स्थानमा रहेको चेल्सि  रेन्नेससँग भिड्दै छ । सोहि समुहमा रहेको सेभिल्ला क्रास्नोडारसँग भिड्दै छ उक्त समुहमा चेल्सि पहिलो र सेभिल्ला दोस्रो स्थानमा रहेको छ ।

समुह एफ अन्तरगत रहेको बोरुसिया डर्टमन्ड क्लव ब्रुगसँग भिड्दै छ । समुह एफको दोस्रो स्थानमा रहेको लाजिव जेनितसँग भिड्दै छ । तीन खेलबाट डट्मण्डको ६ अंक रहेको छभने दोस्रो स्थानमा रहेको लाजिवको ५ अंक रहेको छ ।

समुह जी अन्तरगत जुभेन्टस् फेरेनक्वेरोसीसँग भिड्दै छ । तीन खेलबाट ६ अंक जोडेको युभेन्टस् यस अघिको खेलमा बार्सिलोनासँग पराजित भएको थियो । सोहि समुहमा रहेको बार्सिलोना डायनामो किभसँग भिड्दै छ । यस समुहमा ९ अंक सहित बार्सिलोना शिर्ष स्थानमा रहेको छ ।

समुह एच अन्गरगत म्यान्चेस्टर यूनाइटेड इस्तांबुल बशाक्षेहिरसँग भिड्दै छ । सोहि समुहको अर्को खेलमा पियसजी आरबी लेपिज्गसँग भिड्दै छ । समुह एचमा बलियो मानिएको पियसजी अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । आजको  दोस्रो चरण प्रबेशका लागि उसलाई यो खेल महत्वपूर्ण मानिएको छ ।

यो पनि : मेस्सीले च्याम्पियन्स लिग नखेल्ने

खेल तालिका नेपाली समय अनुसार
समुह इ अन्तरगत
चेल्सिका बिरुद्ध रेन्नेस                                               ११: ४०
सेभिल्लाका बिरुद्ध क्रास्नोडार                                   ११:४०
समुह एफ अन्तरगत
बोरुसिया डर्टमन्डका बिरुद्ध क्लव ब्रुग                       १३: ४५
लाजिवका बिरुद्ध जेनित                                            १३: ४५
समुह जी अन्तरगत
जुभेन्टस्का बिरुद्ध फेरेनक्वेरोसी                                १३ :४५
बार्सिलोनाका बिरुद्ध डायनामो किभ                          १३ :४५
समुह एच अन्गरगत
म्यान्चेस्टर यूनाइटेडका बिरुद्ध इस्तांबुल बशाक्षेहिर    १३:४५
पियसजीका बिरुद्ध आरबी लेपिज्ग                            १३:४५

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु