Information is intelligence
HomeEconomyसमृद्धि फाइनान्सकाे १८ लाख ५१ हजार कित्ता लिलामी शेयर आउँदै

समृद्धि फाइनान्सकाे १८ लाख ५१ हजार कित्ता लिलामी शेयर आउँदै

- Advertisement -spot_img

समृद्धि फाइनान्सले १८ लाख ५१ हजार ३५७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

संस्थाले संस्थापक समूह र सर्वसाधारण समूहको गरि कुल १८ लाख ५१ हजार ३५७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । जसअनुसार संस्थापक समूहको १३ लाख ८५ हजार २६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता सेयर रहेको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । सो लिलामीमा मंसिर १७ गतेसम्म आवेदन दिन पाइनेछ।  लिलामी सेयर बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ ।

यस्तै बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु