Information is intelligence
HomeEntertainment & Artsकाे हुन् टिकटकमा सबैभन्दा बढी फलाेअर भएकी यी युवती ? कति छन्...

काे हुन् टिकटकमा सबैभन्दा बढी फलाेअर भएकी यी युवती ? कति छन् फलाेअर

- Advertisement -spot_img

पछिल्लाे समय भिडियाे शेयरिङ एप टिकटक विश्वभरि नै निकै चर्चित छ । संयुक्त राज्य अमेरिकाले याे एपलाइ प्रतिबन्ध लगाउने खबर आएपछि झनै यसकाे लाेकप्रियता चुलिँदाे छ । तर अमेरिकाकै एक युवती जाे टिकटकमा सबैभन्दा बढी पछ्याइएकी व्यक्ति बन्न सफल भएकी छिन् ।

 १६ वर्षीया   टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् र याे टिकटककाे इतिहासमा सबैभन्दा बढी फलाेअर भएकाे अकाउन्ट हाे  । टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् ।

एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । आफ्नो परिवारसँगको रियालिटी सिरिजको पहिलो एपिसोड ‘डिनर विथ द डिमेलियोज्’मा उनले खाना तयार बनाउने शेफलाई अभद्र व्यवहार देखाएको उनका फ्यानले दाबी गरेका छन् । त्यसको विरोधमा ६ लाख फ्यानले उनलाई अनफलो नै गरे ।

डिमोलियाले एउटा माफी मागेको भिडियो शेयर गरेपछि अहिले विवाद मत्थर भएको छ र आउँदा दिनमा यस्तो व्यवहार नगर्ने बताएकी छिन् । आफ्नो उपलब्धिलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ‘१० करोड जनाले मलाई सपोर्ट गरिरहेका छन्, पत्याउनै गाह्रो छ ।’

उनले टिकटकमा विशेषगरी बन्द कोठामा नाचेको भिडियो शेयर गर्दै आएकी छिन् । यी १६ वर्षीया किशोरी बहुप्रतिभाशाली छिन्, उनले फिल्मका साथै ठूला मेकअप तथा फेसन ब्राण्डसँग काम गरिसकेकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु