Information is intelligence
HomeEconomyनेप्से परिसूचक १८०० माथी,५ अर्बभन्दा बढीकाे काराेबार

नेप्से परिसूचक १८०० माथी,५ अर्बभन्दा बढीकाे काराेबार

- Advertisement -spot_img

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ भने कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको छ ।

दिनभर भएका ४९ हजार ७ सय ८३ कारोबारबाट १ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयर किनबेच भएका छन् ।जस अनुसार कारोबार रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँ पुगेको छ ।

मंगलबार ८ वटा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा बोटलर्स नेपाल लिमिटेड (बीएनटी) देखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु