Information is intelligence
HomePoliticsओलीमाथि आक्षेप लगाउँदा न्यायपालिकामाथि झटारो: टिप्पणीबाट प्रचण्ड ब्याक

ओलीमाथि आक्षेप लगाउँदा न्यायपालिकामाथि झटारो: टिप्पणीबाट प्रचण्ड ब्याक

- Advertisement -spot_img

न्यायपालिकामाथिको टिप्पणीका कारण विवादमा आएका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो टिप्पणीको बचाउ गरेका छन् । उनले आफ्नो टिप्पणी न्यायपालिकामाथि वा न्यायपालिकाका प्रमुखमाथि नभई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायपालिकासम्बन्धी धारणा स्पष्ट हुन खोजेको बताएका छन् ।

मंगलबार प्रचण्डको सचिवालयले एक प्रेस नोट जारी गर्दै गत मंसिर ३ मा प्रस्तुत राजनीतिक प्रतिवेदनमा न्यायपालिका र न्यायपालिकाका प्रमुखसँग कुनै सम्बन्ध नरहेको बताएको हो ।

‘यही मंसिर ३ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिकाका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ’, जारी प्रेस नोटमा भनिएको छ ।

के थियो राजनीतिक प्रतिवेदनमा न्यायलयमाथिको सन्दर्भ ?

गत मंसिर ३ मा बसेको नेकपा सचिवालय बैठकका पार्टी अध्यक्ष प्रचण्डले छलफलको लागि भन्दै १९ पन्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जहाँ उनले प्रधानमन्त्रीसमेत रहेका ओलीले न्यायपालिका र त्यसका प्रमुखलाई प्रभावमा राख्न खोजेको भन्ने टिप्पणी गरेका थिए ।

जहाँ प्रधानमन्त्री ओलीले न्यायपालिकाका प्रमुखलाई निवासमै बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्दाहरुबारे आफुँ अनुकुल फैसला गराउन लगाउने जस्ता कार्य गर्न खोजेको भन्ने टिप्पणी पनि छ ।

प्रचण्डका अनुसार ओलीले न्यायपालिकासहित राज्यका कतिपय अंगहरुलाई प्रधानमन्त्री कार्यालयको अधिनमा ल्याउन खोजेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु