Information is intelligence
HomeEconomyअनलाइन शेयर बजार तालिम दिँदै नेपाली पैसा

अनलाइन शेयर बजार तालिम दिँदै नेपाली पैसा

- Advertisement -spot_img

शेयर बजारमा प्रवेश गर्न चाहने तर शेयर बजारकाे ज्ञान नभएर प्रवेश गर्न अनकनाउनेहरू प्रशस्तै छन् । हातमा पैसा भएर पनि लगानी गर्न नसकिरहेकाहरूलाइ नेपाली पैसा नामक अनलाइन न्यूज पाेर्टलले आधारभूत तालिम दिने भएकाे छ ।

शेयर बजारका आधारभूत ज्ञान र सीप प्रवर्द्धन गर्ने हेतुले नेपाली पैसा डट कमले शेयर बजारमा चासाे राख्ने तथा लगानी गरिरहेका हरूलाइ शेयर बजार तालिम दिने भएकाे हाे ।

यस तालिममा सेयर बजारमा जान्नैपर्ने आधारभूत ज्ञानहरु सिकाइने नेपाली पैसाले जनाएकाे छ ।

तालिम यही मंसिर १३ गते शनिबारदेखि १५ गते सोमबारसम्म सञ्चालन हुनेछ । साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यस तालिममा  अनलाइनका माध्यमबाट घरमै बसेर सजिलै सहभागी हुन सकिनेछ ।

याे पनि ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका

परिवारका सदस्यकाे मेराे शेयर अकाउन्ट लिंक गर्ने तरिका

तालिमका बारेमा विस्तृत जानकारीका लागि ९८५८०२२९८२ वा ९८०३०६७८६२ कल गर्न सकिन्छ  । तालिमका प्रशिक्षक डा. केशवप्रसाद श्रेष्ठ हुनुहुन्छ ।

तालिमकाे बारेमा विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

नेपालीपैसा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु