Information is intelligence
HomeUncategorizedकिसानलाई घाँसको बीउ वितरण

किसानलाई घाँसको बीउ वितरण

- Advertisement -spot_img

स्याङ्जा। व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो ।

पशुपालन गर्दै आएका किसानका उत्पादनमा सहयोग पुगोस् भनेर नगरपालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अभियानअन्तर्गत घाँसको बीउ वितरण गरिएको नगर प्रमुख भूपराज अधिकारीले बताए । नगर प्रमुख अधिकारीले भने,“दूध र मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार काम गरिरहेका छाैँ, त्यसैले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिनाका साथै पशुपालनका लागि आवश्यक पर्ने घाँसको बीउ पनि वितरण गरेका हौँ ।”

नगरपालिका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले दूध तथा मासुको उत्पादनलागत घटाउन उन्नत जातका घाँसको बीउ वितरण गरिएको जानकारी दिए । हिउँदे घाँसअन्तर्गत जै  र वर्र्षम जातका घाँसका बीउ वितरण गरिएको पशुसेवा शाखाले जनाएको छ । नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु १५ का दरले अनुदान दिन थालेपछि उनीहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु