Information is intelligence
HomeEducationखुल्न थाले विद्यालयहरू

खुल्न थाले विद्यालयहरू

- Advertisement -spot_img

सुजन तिमल्सिना, नुवाकोट । बेलकोटगढी नगरपालिका-१ र २ का विभिन्न विद्यालयहरू खुल्न थालेका छन् । कोरोना महामारीका बावजुद पनि विद्यालयमा अनिवार्य माक्स,सेनेटाईजर र सामाजिक दुरीसहित पठनपाठन शुरूवात गरिएको हो।

विभिन्न विद्यालयहरू कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय तहमा कुनै पनि बाहिरी मानिसको आवतजावत नभएको र कोरोना सङ्क्रमित शून्य रहेका कारण विद्यालयहरू खुलाईएको प्रशासनको दाबी छ।

विद्यार्थीहरूलाई सुरक्षित रूपमा पठनपाठन गराउन र उनिहरूको भविष्यप्रति र शिक्षाको क्षेत्रलाई पनि कोविड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै विद्यालयहरू सरकारले र स्थानीयतहले लागू गरेका  नियमहरूको पालन गर्दै विद्यालयहरू सुचारू भएका छन्।

जोखिमको मूल्याङ्कन गरी विद्यालय खोल्न सकिने प्रावधान शिक्षा-विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेसँगै कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहहरूका विद्यालयहरू उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको हुन थालेका छन्।

यो पनि : विद्यालय सञ्चालनका लागि कार्यढाँचा सार्वजनिक (पूर्णपाठ)

त्यससँगै विद्यालयहरू खोल्ने बाटो सरकारले खुलाएपछि नुवाकोटका पनि विभिन्न विद्यालयहरू खुल्न थालेका हुन्।

यो पनि : अनलाइन कक्षाले समेट्न नसकेका कारण प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु