Information is intelligence
HomeNews५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट

५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट

- Advertisement -spot_img

चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका–११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोलालगायतका स्थानमा लगाएको अवैध गाँजा नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनको अनुसार ५० बिघामा लगाइएको करिब ३६ लाख गाँजाको बोट नष्ट गरिएको छ । ती वडाका बस्तीमा स्थानीयवासीसँग जनचेतनामूलक अन्तक्र्रियासमेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताए ।

यो पनि: आलु पाठशाला सञ्चालन

यो पनि: किसानलाई घाँसको बीउ वितरण

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु