Information is intelligence
HomeEntertainment & Artsचाँगुनारायणमा 'कहर' नाटक मञ्चन

चाँगुनारायणमा ‘कहर’ नाटक मञ्चन

- Advertisement -spot_img

चागुँनारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा कोरोना (COVID-19)रोग विरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समुह नामक नाट्य सस्थाको प्रस्तूती  सडक नाटक ‘कहर’  ९ वटा वडाको १० स्थानमा प्रदर्शन गरी हिजेबाट समापन भएको छ।

कोभिड-१९ अर्थात कोरोना महामारीको  रोकथामका लागी नगरपालीकाले नगरबासिमा चेतना जगाउन सो नाटक प्रदर्शनको आयोजना गरेको थियो ।

एक घण्टा लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक रुपमा उठान गरेएको थियो ।

चागुँनारायण नगरपालिका का नगर प्रमुख सोम मिश्र ज्यु को उपस्थितिका साथ नाटक समापन गरिएको थियो ।

नगरपालिकले नगरबासीमा कोरोनको सचेतना बिभिन्न माध्यमबाट जगाऊदै आएकोमा सडक नाटक बिधी अत्यान्त प्रभाबकारी रहेको नगर प्रमुख सोम मिश्रले बताए।

मङ्सिर ५ गतेदेखि शुरू गरेर ९ गतेसम्म नगरपालिकाको विभिन्न स्थानमा नाटक प्रदर्शन गरिएको थियो ।यस नाटकको नाट्य संयोजक कृष्णचन्द्र न्यौपाने र नाटकका निर्देशक प्रभाकर न्यौपाने रहेकाे थिए ।

कोविड-१९ बाट जोगिनका लागि प्रदर्शन गरिएको नाटकमा चर्चित रंगकर्मी तथा कलाकर्मिहरु राजेंद्र गद्तौला,प्रल्हाद खरेल,राधा श्रेस्ठ,बिश्वदिप घिमिरे,राजन भुजेल,सरस्वति अधिकारी र मन्जु गिरी आदिको बेजोड अभिनय रहेको छ भने संगीत संयोजन सुरेस चन्द्र न्यौपाने को रहेको थियो ।

यो सडक नाटक अन्य नगरपालिकाहरुमा पनि प्रदर्शनी गर्ने योजना रहेको नाटकका निर्देशक तथा आरम्भ कलाकरहरुको समुहका अध्यक्ष प्रभाकर न्यौपानेले जनकारी दिएका छन्  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु