Information is intelligence
HomeSportsबार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश, युनाईटेड नकआउट चरण नजिक

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश, युनाईटेड नकआउट चरण नजिक

- Advertisement -spot_img

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो । किभको मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे । सर्जिनो डेस्ट र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे ।

जितसँगै समूह ‘जी’ बार्सिलोनाले ४ खेलमा १२ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोना अपराजित रहेको छ । किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

म्यान्चेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाईटेडले टर्किस क्लब इस्तानबुल बासाकसेरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि युनाईटेडले सहज जित निकालेको हो । जितसँगै समूह ‘एच’ को युनाईटेडले ४ खेलमा ९ अंक जोडेको छ ।

इस्तानबुल ३ अंक जोडेर पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु