Information is intelligence
HomeInternationalग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा निर्वाचित

ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा निर्वाचित

- Advertisement -spot_img

न्युजिल्यान्ड क्रिकेट बोर्डका प्रमुख ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा निर्वाचित भएका छन्। उनले दोस्रो चरणमा आवश्यक दुईतिहाइ मत हासिल गरी अध्यक्षमा निर्वाचित भएका हुन्।

बार्कलेले आइसिसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजालाई पछि पारे। ख्वाज जुलाईमा तत्कालिन अध्यक्ष शशांक मनोहरले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका थिए।

पहिलो चरणमा बार्कलेले १० भोट पाउँदा ख्वाजाले ६ भोट पाएका थिए। पहिलो चरणमा दुवै उमेद्वारले स्पष्ट दुईतिहाइ मत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणको निर्वाचनमा क्रिकेट दक्षिण अफ्रिकाले बार्कलेलाई महत्वपूर्ण भोट दिएपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

आइसिसीको नियम अनुसार अध्यक्ष पदमा निर्वाचन हुनका लागि स्पष्ट दुई तिहाइ मत आवश्क छ। आइसिसीको अध्यक्ष निर्वाचनमा जम्मा १६ भोट हुन्छ। अध्यक्षमा निर्वाचित हुन दुईतिहाइ अर्थात ११ भोटको आवश्क हुन्छ।

निर्वाचनमा आइसिसीको १२ पूर्ण सदस्य(टेस्ट मान्यता प्राप्त) राष्ट्र, ३ एसोसिएट राष्ट्र तथा १ स्वतन्त्र महिलाले भोट हाल्न पाउने व्यवस्था छ। बार्कले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेट बोर्डको नेतृत्वमा थिए। उनी सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको एकदिवसीय विश्वकप अयोजक कमिटीका अक्ष्यक्ष पनि थिए। पेशाले वकिल रहेका बार्कलेले अब चाँडैनै सबै पद छाडेर आइसिसीको अध्यक्ष पद सम्हाल्ने छन्।

यो पनि पढ्नुहोस: पारस आईसीसी अवार्डका लागि मनोनयनमा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु