Information is intelligence
HomeSportsचेल्सी, सेभिया र युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणमा

चेल्सी, सेभिया र युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणमा

- Advertisement -spot_img

चेल्सी, सेभिया र युभेन्ट्स यूइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब रेनसलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले नकआउट चरणमा स्थान पक्का गरेको हो । जितसँगै चेल्सीले समूह ‘इ’ बाट दुई खेल अगाबै नकआउट चरणमा स्थान बनाएको हो ।

चेल्सीले ४ खेलमा १० अंक जोडेको छ । चेल्सी शीर्ष स्थानमा रहेको छ । रेनस १ अंक जोडेर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा सेभियाले एफसी क्रास्नोडरलाई २-१ ले हराएको छ । सेभियाको जितमा इभान राकिटिच र म्युनिर इल हडादीले एक एक गोल गरे । क्रास्नोडरका वान्डरसनले एक गोल फर्काए ।

जितसँगै सेभिया पनि नकआउट चरणमा पुगेको छ । सेभियाले ४ खेलमा १० अंक जोडेको छ । सेभिया समूहको दोस्रो स्थानमा रहेको छ ।

हंगेरीको एफटिसीलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्सले समूह ‘जी’ मा ४ खेलमा ९ अंक जोड्यो ।युभेन्ट्स दोस्रो स्थानमा रहेको छ । यस समूहबाट अपराजित बार्सिलोना पनि नकआउट चरणमा पुगिसकेको छ ।

एफटिसी १ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।

यो पनि: बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश, युनाईटेड नकआउट चरण नजिक

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु