Information is intelligence
HomeHealthसामान्य रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ? जान्नुहोस्

सामान्य रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ? जान्नुहोस्

- Advertisement -spot_img

काठमाडौँ। जाडो महिनामा प्रवेश गरेसँगै मौसम परिवर्तनका कारण रुघा खोकी पनि सामान्य रूपमा लाग्ने गर्दछ। तर यो पाली भने रुघा-खोकी थप चासोको विषय बनेको छ। एउटा मौसमबाट अर्को मौसममा जाँदा एन्टिजेनिक ड्रिफ्टका कारण शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ जस्ले गर्दा मानव शरीरलाई इम्युन भएर तेस बातावरणमा अभ्यासत हुन समय लाग्छ  र  रुघा-खोकी लगायत रोग लाग्छ।

सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ ।

अहिले मौसम परिवर्तनको समय हो । यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो । कोरोना संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ ।

यस्ता छन् मौसमी रुघा खोकीका लक्षण

  • नाक बन्द हुने
  • नाकबाट पानी आउने
  • हाँच्छ्यु आउने
  • शरीर दुख्ने
  • हल्का ज्वरो आउने
  • टाउको दुख्ने
  • शरीर दुख्ने
  • सामान्य उपचार तथा आरामले फाइदा गर्ने
  • छोटो समयमा निको हुने

यो पनि: किन केही महिलाहरुले कोविड-१९ विरामीलाई प्लाज्मा दान गर्न मिल्दैन?

यस्ता छन् कोरोना संक्रमणका लक्षण

  1. स्वाद थाहा नहुने
    एलका ग्यास्ट्रोएन्टेरोलजिस्ट अमिर मासौद, एमबिबिएसका अनुसार, कोविड-१९ को सुरुवाती लक्षण नै स्वाद हराउनु हो। युगसिया(ageusia) पनि भनिने यो लक्षण कोरोना संक्रमण भएको २ दिन भित्र देखिन थाल्दछ।
  2. गन्ध थाहा नहुने
    “स्वाद हराउनुसँगै संक्रमणको सुरुवाती समयमा नाकले गन्ध पनि लिना छोड्छ। “कोरोना संक्रमण पछी यस्ले हाम्रो शरीरको घ्राण्ने अंग(सुंघ्ने अंग) लाई आक्रमण गर्छ जस्ले गर्दा सुंघ्ने क्षमता हराउँछ।”, विश्व प्रसिद्ध चिकित्सक विलियमले बताए, ” यदी यो लक्षण सँगै अन्य कुनै लक्षण देखिएको छ भने, कुनै डाक्टरसँग परामर्श लिहाल्नु उचित हुन्छ।”
  3. पखाला लाग्नु
    “सामन्य तय स्वाद र गन्ध हरौने लक्षण जतिकै यो लक्षण चर्चित छैन तर, जठरांत्र अर्थात पेट सम्बन्धित समस्या पनि कोरोना भाईरसको सुरुवाती लक्षण हुनसक्छ। ” डा। मासौदले भने, ” त्यो मध्य एक पखाला लाग्नु पनि हो।”
  4. वाकवाकी लाग्ने
    पेट सम्बन्धी समस्या देखिने क्रममा वाक-वाकी लाग्नु पनि कोरोना संक्रमणको सुरुवाती लक्षण हो।
  5. सुख्खा खोकी लाग्ने
    एक अध्ययनका अनुसार ६०% व्यक्तीमा सुख्खा खोकी लाग्नु पनि कोरोना भाईरस संक्रमणको लक्षणका रुपमा देखीएको छ। “सार्स कोविड CoV-2 कोरोना भाईरस श्वास-प्रश्वास सम्बन्धी भाईरस भएकोले यस्ले गर्दा नै सुख्खा खोकी लागेको हुन सक्छ, त्यसैले यो पनि  एक लक्षण हो।” डा. लिले भने।
  6. उच्च ज्वरो आउने
    ज्वरो लो-ग्रेड ९९.५ देखी १००.३ हाइ ग्रेड सम्ममा आउनु र यो सँगै अन्य थप कुनै लक्षण देखिनु भनेको कोरोन संक्रमणको लक्षण भएको डा मिन्सर बताउँछन् ।
  7. एकदम थकाइ लाग्ने
    जामा नामक रिसर्च जनरलमा प्रकाशित एक अध्ययनका अनुसार थकान हुनु, कोरोना संक्रमण हुँदा धेरैमा देखिएको लक्षण हो। अध्ययनका अनुसार ६८% भन्दा धेरै संक्रमितमा यस्तो लक्षण देखिएको छ। एमवेलका चिकित्सक डाना मिन्सरका अनुसार, थकानका साथ अन्य कुनै समस्या जस्तै ज्वरो (लो ग्रेड देखी हाइ ग्रेड एस् सम्म/ ९९.५ देखी १००.३) आउने, शरीर दुख्ने हुने गर्दछ।
  8. ज्यु दुख्ने
    शरीर दुख्नु पनि कोरोना भाईरसको लक्षण मध्य पर्दछ, अध्ययन अनुसार ४५% संक्रमितहरुमा शरीर दुख्ने समस्या देखिएको डा. मिन्सर बताउँछन।
  9. सास फेर्न गाह्रो हुने
    डा. मिन्सरका अनुसार कोरोना भाईरस संक्रमित मध्य एक तिहाइमा घाँटी दुख्ने समस्या पनि देखिने गरेको छ भने घाटी दुख्नु मुख्य लक्षण भन्दा पनि सुख्खा खोकीको कारण हुने गरेको पाइएको छ।

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । माथि भनिएको लक्षणहरु देखिएमा भर्पर्दो डाक्टरहरु सँग परामर्श लिने र लक्षण जुध्न गएमा तुरुन्त परिक्षण गर्नु, र आइसोलेट हुनु आवश्यक छ ।

यो लेख इट दिसको डाक्टरहरुसँगको परामर्श र कोरोना सम्बन्धी गरिएका अध्ययनको आधारमा तयार पारीएको हो ।जनचेतनाको लागि अन्य व्यक्ति सम्म पनि यो सुचना पुर्‍याउनु होला ।

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु