Information is intelligence
HomeSportsनेयमारको गोलमा पीएसजी र हालाण्ड चम्किदा डर्टमण्डको जित

नेयमारको गोलमा पीएसजी र हालाण्ड चम्किदा डर्टमण्डको जित

- Advertisement -spot_img

यूइएफ च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे ।

यस जितसँगै पीएसजीले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘एच’ को पीएसजीले ४ खेलमा ६ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानमा रहेको छ ।

लाइपजिगको समेत नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ । लाइपजिग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यता डर्टमण्डले क्लब ब्रुगलाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले सहज जित निकालेको हो ।

जितसँगै डर्टमण्डले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एफको डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ । डर्टमण्ड शीर्ष स्थानमा रहेको छ । क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा लाजियोले जेनिट सेन्ट पिटर्सबर्गलाई ३-१ ले हराएको छ ।

यो पनि: बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश, युनाईटेड नकआउट चरण नजिक

यो पनि: चेल्सी, सेभिया र युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणमा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु