Information is intelligence
HomeSportsकरिम बेन्जेमा र रामोस बिना खेल्दै रियल मड्रिड, जित्‍नै पर्ने दबाबमा...

करिम बेन्जेमा र रामोस बिना खेल्दै रियल मड्रिड, जित्‍नै पर्ने दबाबमा रियल

- Advertisement -spot_img

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज (बुधबार) समूह चरणको चौथो खेल खेल्दै छ । च्याम्पियन्स लिगको सर्वाधिक च्याम्पियन टोली रियलले इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

इन्टरको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ । आजको खेलमा रियललाई जित्नै पर्ने दबाब छ । लिगमा तीन खेल खेलेको रियल ४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आजको खेलमा जित निकाल्न सके रियलले आफूलाई अंक तालिकामा बलियो बनाउनेछ । लिगमा रियल तीन खेलमध्ये एकमा पराजित, एक खेलमा बराबरी र एक खेलमा जित निकालेको छ ।

यता इन्टर पनि आजको खेलमा जित निकाल्दै लिगको अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा तीन खेल खेलको इन्टर २ अंकसहित तालिकाको पुछारमा छ ।

घाइते रियल मड्रिड

रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले इन्टरसँगको च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् ।मांसपेशीमा समस्या परेका कारण उनी खेल्न पाउने छैनन्। धेरै खेल भएका कारण शरीरमा बढी भार परेको अनुमान गरिएको छ । त्यसका बाबजुद उनले जिम, मैदानमा पनि एक्लै अभ्यास गरेका थिए ।

इटालियन क्लबविरुद्ध खेल्दा जिनेजिद जिदानको टोलीमा लुका जोभिच हुने छैनन् । जोभिचलाई कोरोना संक्रमण भएका कारण उनी टोलीमा छैनन् । कासेमिरो टोलीमा उपलब्ध हुँदा इडेर मिलोटो पिसिआर नतिजाको पर्खाइमा छन् । ब्राजिलियन डिफेन्डरले सोमबारको प्रशिक्षणमा भाग लिएनन् । इडेन हाजार्डले भने टोलीसँग अभ्यास गरेका थिए । तर सजियो रामोस र फेडे भालभेर्डे भने चोटमुक्त हुनका लागि प्रयासरत छन् । अल्भारो ओर्डिजोला पनि चोटका कारण मैदान बाहिर छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु