Information is intelligence
HomeEntertainment & Artsकेकीले बाेक्सीकाे घर बनाउने

केकीले बाेक्सीकाे घर बनाउने

- Advertisement -spot_img

नायिका केकी अधिकारी फिल्म निर्माणको तयारीमा जुटेकी छिन् ।

यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी केकीले ‘बोक्सीको घर’ नामक फिल्म बनाउने बताएकी हुन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा  वि.सं. २०७३ को साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन गरिएको नाटक  ‘बोक्सीको घर’लाइ फिल्मकाे रूप दिन लागिएकाे हाे ।

यो फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । फिल्म्मा गौरव पहारी र केकी अधिकारीको शीर्ष भूमिका रहने जनाइएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार अन्य कलाकारको छनोट हुन भने बाँकी रहेको छ । फिल्मको फस्ट लूकसमेत सार्वजनिक गरिएको छ ।

सामाजिक कथावस्तुमा आधारित यो फिल्ममा बद्री अधिकारीको निर्माण रहनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु