Information is intelligence
HomeNewsम्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा सिलबन्दी

म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा सिलबन्दी

- Advertisement -spot_img

काठमाडौँ — वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा सिलबन्दी गरेको छ । उक्त म्यानपावरले विभागबाट स्वीकृतिबिना युरोपलगायतका विभिन्न मुलुक पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुलेको विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अवैध रुपमा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाइरहेको भन्ने सूचना पाएपछि विभागको टोली कात्तिक ४ गते आकस्मिक अनुगमनमा गएको थियो । अनुगमनमा जाँदा कार्यालय बन्द रहेको र सञ्चालकलाई बारम्बार सम्पर्क गर्दा पनि विभागमा उपस्थित नभएकाले मंगलबार मुनलाइट म्यानपावरको कार्यालय सिल गरिएको विभागले बताएको छ ।

साथै वैदेशिक रोजगारीमा जान भनी रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र विभाग वा श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

जारी गरिएको विज्ञप्ति :-

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु