Information is intelligence
HomeNewsपर्यटनमन्त्री भट्टराईले गरिदिए ३ सय विपन्‍नको कोरोना बीमा

पर्यटनमन्त्री भट्टराईले गरिदिए ३ सय विपन्‍नको कोरोना बीमा

- Advertisement -spot_img

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बिमाबाट प्राप्त रकमले ३ सय विपन्नको कोरोना बीमा गरिदिएका छन्।

कोरोना संक्रमणपछि प्राप्त एक लाख रुपैयाँले ताप्लेजुङ जिल्लाका न्यून आय भएका ३ सय विपन्‍न, विद्यार्थी, असहाय तथा मजदुरहरुको कोरोना बीमामा खर्च गरेका हुन्।

पर्यटनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले एक विज्ञप्ती जारी गर्दै कोरोना बीमा बापत को रकमले विपन्नको कोरोना बिमा गरेको जानकारी दिएका छन्।

‘माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईज्यू विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परी हाल संक्रमणमुक्त हुनुभएको व्यहोरा अवगत नै छ। ताप्लेजुङ जिल्लाका प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका माननीय मन्त्रीज्यूले आफुले कोरोना बीमा बापत प्राप्त गर्नुभएको  १ लाख ताप्लेजुङ जिल्लाका ३ सय जना न्यून आय भएका, विपन्‍न, विद्यार्थी, असहाय तथा मजदुरहरुको कोरोना बीमामा खर्च गर्नु भएको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तीमा भनिएको छ।

यसअघि पनि मन्त्री भट्टराईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङका १ हजार २ सय ७६ जनाको कोरोना बीमा गरिदिएको बताएका छन्। उनले यसअघि आफ्नो निर्वाचन क्षेत्रमा १ हजार ५ सय ७६ जनाको कोरोना बीमा गरिदिएका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु