Information is intelligence
HomeNewsबेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए

बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए

- Advertisement -spot_img

मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्।

मंगलबार राति डयुटीबाटै सम्पर्कबिहीन भएका डीएसपी चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका स्रोतले बतायो।

रातिको समयमा ड्युटीमै रहेका डीएसपी सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रामा प्रहरी परिचालन गरी खोजी गरेको थियो।

सूदुरपश्चिम प्रदेश प्रहरी  कार्यालयले भने डीएसपी चौधरी आफैँ सम्पर्कमा आएको बताएको छ। कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले डीएसपी चौधरी बुधबार बिहान गोदावरी नगरपालिकाबाट सम्पर्कमा आएको बताएका छन्।

डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको बताए। ‘उहाँलाई अहिले जिल्ला बोलाइएको छ, बाँकी कुरा अनुसन्धानपछि थाहा हुन्छ’, एसएसपी सिंहले भने। डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु