Information is intelligence
HomeSportsबायर्न म्युनिखले आरबी साल्जबर्गसँग प्रतिस्पर्धा गर्दै

बायर्न म्युनिखले आरबी साल्जबर्गसँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा साविक विजेता बायर्न म्युनिखले आज आरबी साल्जबर्गसँग प्रतिस्पर्धा गर्दैछ ।

बायर्नले घरेलु मैदानमा अस्ट्रियन क्लबसँग खेल्नेछ । बायर्न र साल्जबर्गबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । समूह ‘ए’ को बायर्नले ३ खेलमा ९ अंक जोडेको छ । बायर्न समूहको शीर्ष स्थानमा रहेको छ ।

घरेलु मैदानमा साल्जबर्गलाई हराएर बायर्न नकआउट चरणमा पुग्न चाहन्छ ।

यसै समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले लोकमोटिभ मस्कोसँग खेल्नेछ । स्पेनिस क्लब एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।मस्को २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु