Information is intelligence
HomeNewsसरकारले दिएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने

सरकारले दिएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने

- Advertisement -spot_img

सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो ।

गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश गरिएको छ । समृद्धि इन्टरप्राइजेजले गाडी मर्मतका लागि ५८ लाख ६९ हजारको अनुमानित खर्च विवरण पेश गरेको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङका अनुसार यो गाडी २०७५ असारमा ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । ‘कम्पनीले खरिद मूल्यभन्दा बढी अनुमानित मर्मत खर्च पेश गरेको छ,’ गुरुङले भने, ‘सचिवालयले यान्त्रिक कार्यालयमार्फत यसको प्राविधिक जाँच गर्छ ।’

अनुमानित खर्च निकै धेरै पेश भएकाले गाडी मर्मत प्रक्रिया अगाडि नबढाएको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । बिमा कम्पनीले भने गाडी मर्मत गर्न इन्जिनयर पठाएको जानकारी दिएको छ ।

Onlinekhabar

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु