Information is intelligence
HomeSportsफिफा 'द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक

फिफा ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक

- Advertisement -spot_img

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले बुधबार ‘फिफा द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता लियोनल मेस्सीसहित ११ खेलाडी परेका छन् ।

मनोनयनमा मेस्सीसँगै क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, केभिन डी ब्रुएन, थियागो अलाकान्टरा, साडियो माने, सर्जियो रामोस, मोहमद सलाह र भिर्जिल भान डाइक परेका छन् ।

फिफाले विजेताको नाम आगामी डिसेम्बर १७ मा घोषणा गर्नेछ ।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ ।

यो पनि: यी हुन् युरो २०२० का लागि छनोट भएका २४ देशहरु

यो पनि: हालाण्डलाई गोल्डेन ब्वाई अवार्ड

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु