Information is intelligence
HomeNewsबर्दिवासको स्थिती झन तनावग्रस्त : प्रदर्शनकारीले तोडे निषेधाज्ञा, २ प्रहरी घाइते

बर्दिवासको स्थिती झन तनावग्रस्त : प्रदर्शनकारीले तोडे निषेधाज्ञा, २ प्रहरी घाइते

- Advertisement -spot_img

महोत्तरी — बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परि २ जना प्रहरी घाइते भएका छन् ।

प्रहरी जवान अर्जुन प्रसाद बानियाँको बियरको बोतलले लागि चिउडोमा काटेको र अर्का एक प्रहरीको घुँडामा चोट लागेको छ । उनीहरुको उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिए ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका छन् ।

स्थिती असामान्य बनेपछि प्रहरीले निरन्तर अश्रु ग्यास प्रहार गरिरहेको छ भने प्रदर्शनकारीहरु नारा र जुलुस लगाउँदै सडकमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा मंगलबार प्रहरीको गोली लागि घाइते भएका सञ्जय न्यौपानेको ज्यान गएपछि स्थिती झन् जटिल बनेको हो । मृतक सञ्जयलाई शहिद घोषणा गर्नुपर्ने, पीडित र घाइतेलाई उपचार गर्दै क्षतिपूर्ति तिर्नुपर्ने र बालिकाका हत्यारालाई कडा कारबाही गर्नुपर्ने सर्वपक्षिय मागसहित बर्दिवासमा आन्दोलन चर्किएको हो ।

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म प्रशासनले निषेधाज्ञा लगाएको भएपनि प्रदर्शनकारीले त्यसको अवज्ञा गर्दै आफ्नो माग सम्बोधन हुनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।

यो सम्बन्धी:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु