Information is intelligence
HomeEducationकक्षा १२ को परीक्षा : मोबाइल हेर्दै चिट चोरेको भिडियो भाइरल, फौजदारी...

कक्षा १२ को परीक्षा : मोबाइल हेर्दै चिट चोरेको भिडियो भाइरल, फौजदारी अभियोग लाग्न सक्छ(भिडियो)

- Advertisement -spot_img

एक परिक्षार्थीको परीक्षा दिँदै गरेको एक टिकटोक भिडियो मंगलवार सोशल मिडियामा भाइरल भएको छ । अहिले जारी १२ को बोर्डको परीक्षा दिँदै गरेको भिडियो १५ सेकेन्ड लामो छ र जसमा विद्यार्थीहरू स्मार्टफोनबाट नक्कल गर्दै गरेको देख्न सकिन्छ। परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् ।

भिडियो खिच्ने विद्यार्थीले भनिरहेका छन्, ‘इग्जयाम भनेको यही हो है केटाहरु हो, सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा हो सब केटाहरु, सर छैन । यही हो है केटाहरु इग्जाम भनेको यही हो । मेरो सकिसक्यो ।’

यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन भने केही विद्यार्थीहरुले मास्क लगाएका देखिएका छन् । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलसँग रातोपाटीले गरेको संवाद

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु