Information is intelligence
HomeSports'ह्याण्ड अफ गड' फूटबल स्टार डिएगो म्यारडोना रहेनन्

‘ह्याण्ड अफ गड’ फूटबल स्टार डिएगो म्यारडोना रहेनन्

- Advertisement -spot_img

डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा हृदय घातका कारण मृत्‍यु भएको छ।

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । अस्पतालमा छाडेको दुई हप्ता पछि नै उनको घरमा हृदयघात का कारण मृत्‍यु भयो।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

म्याराडोना, विश्वका सर्वश्रेष्ठ फुटबलरहरू मध्ये एक मानिन्छन्। अर्जेन्टिनालाई १९८६ मा विश्वकप जित्नमा मद्दत पुर्‍याएका उनको यो क्षण उत्कृष्ट क्यारियरको शिखर रह्यो।

उनले बोका जुनियर, नेपोली र बार्सिलोनाका लागि क्लब फुटबल खेलेका थिए र विश्वका लाखौं मानिसहरूबाट आफ्नो उत्कृष्ट सीपका लागि प्रशंसा प्राप्त गर्न सफल रहे।

१९८६ को खेलमा इङ्ल्याण्डलाई हराएर आफ्नो राष्ट्रलाई जित दिलाएको ऐतिहासिक घटनाले उनलाई ‘ह्याण्ड अफ गड’ अर्थात ‘भगवानको हात’ लोकोक्तीले सदैव विभुषित गर्‍यो।

म्याराडोनाको ‘ह्याण्ड अफ गड’ क्षण

अर्जेन्टिनाको मिडिया क्लारेनले बुधवार दिउँसो (बेलायतको समयमा) उक्त समाचार सार्वजनिक गरे पश्चात यो खबरले विश्व व्यापी प्रभाव पार्‍यो।

दुखद समाचार पछी माराडोनाका वकिलद्वारा पुष्टि भयो।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु