Information is intelligence
HomeSportsसाविक विजेता बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

साविक विजेता बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

- Advertisement -spot_img

साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा अस्ट्रियाको आरबी साल्जबर्गलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्न नकआउट चरणमा पुगेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, किंग्सले कोम्यान र लोरी सानेले एक एक गोल गरे । साल्जबर्गका मेर्जिम बेरिशाले एक गोल फर्काए ।

जितसँगै समूह ‘ए’ को बायर्नले लगातार चौंथो जित समेत निकाल्यो । बायर्नले ४ खेलमा १२ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा रहेको छ ।

साल्जबर्ग १ अंक जोडेर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले लोकमोटिभ मस्कोसनाग गोलरहित बराबरी खेलेका छन् ।

यो पनि पढ्नुहोस्: फिफा ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक

यता म्यानचेस्टर सिटी पनि नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम १६ को यात्रा तय गरेको हो । ओलम्पियाकोसको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे ।

अपराजित रहेको सिटीले ४ खेलमा १२ अंक जोडेको छ । सिटी समूहको शीर्ष स्थानमा रहेको छ ।

ओलम्पियाकोस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा पोर्टोले मार्सेलीलाई २-० ले हराएको छ । पोर्टो ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मार्सेली अंक विहीन रहेर पुछारमा रहेको छ ।

यो पनि पढ्नुहोस्:

नेयमारको गोलमा पीएसजी र हालाण्ड चम्किदा डर्टमण्डको जित

म्यारोडोनालाई पेलेकाे श्रदान्जली, ‘एक दिन हामी आकाशमा बल खेल्नेछौँ’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु