Information is intelligence
HomeShare Bazarपिपुल्स पावरको शेयर निष्काशन तथा बिक्री प्रवन्धक छानियो

पिपुल्स पावरको शेयर निष्काशन तथा बिक्री प्रवन्धक छानियो

- Advertisement -spot_img

काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मंसिर ११ गते बिहिबार सम्पन्न भएको छ । संझौतामा पिपुल्स पावका सञ्चालकसन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु