Information is intelligence
HomeNewsअब स्मार्ट ड्राइभिङ लाइसेन्स होम डेलिभरी गरिने

अब स्मार्ट ड्राइभिङ लाइसेन्स होम डेलिभरी गरिने

- Advertisement -spot_img

अब सवारी चालक अनुमतिपत्र लाइसेन्स घरमै उपलब्ध हुने भएको छ । बागमती प्रदेश सरकारले लामोदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स उपलब्ध गराउने भएको हो ।

बागमती प्रदेश सरकारले त्यसका लागि हुलाक सेवा विभागसँग सहकार्य गर्ने लागेको छ । हुलाक विभागसँग सहकार्य गरी घर–घरमै लाइसेन्स उपलब्ध गराउन लागेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहले बताए ।

“हाल चारवटै लाइसेन्स कार्यालयमा गरेर पाँच लाखभन्दा बढी लाइसेन्स थन्किएर बसेका छन् । अहिलेको कोरोनाको समयमा कार्यालयमा भिडभाड गर्न सकिने अवस्था पनि छैन् । यस्तो हुँदा बनेर बसेका त्यस्ता लाइसेन्स घरमै पुर्‍याउने योजना बनाएका हौं”, नवीनकुमार सिंहले बताए।

यसका लागि गत कात्तिक ६ गते बसेको चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीचको बैठक पनि बसेको थियो । उक्त बैठकबाट एक खालको सहभागी भएको छ भने यसका लागि सम्झौता नै भइसकेको छ ।

अहिले हुलाक विभागसँग सम्झौता गरी घरमै लाइसेन्स पुर्‍याउने कामको सुरुवात हुनै लागेको । त्यसका लागि हुलाकले काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र उपत्यकाबाहिर १०० रुपैयाँ शुल्क लिएर सेवा दिनेछ । तपाईले हुलाकबाट लाइसेन्स लिन चाहेमा फारम भर्ने बेलामा भन्नुपर्नेछ । त्यसका लागि तपाईले त्यही समय ५० रुपैया थप दस्तुर तिर्नुपर्ने हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु