Information is intelligence
HomeInternationalन्युजिल्याण्डमा सांसदले संस्कृतमा सपथ ग्रहण गरेको भिडियो भाईरल (भिडियो)

न्युजिल्याण्डमा सांसदले संस्कृतमा सपथ ग्रहण गरेको भिडियो भाईरल (भिडियो)

- Advertisement -spot_img

न्युजिल्याण्डका एक सांसदले त्यहाँको संसदमा संस्कृत भाषामा शपथ ग्रहण गरेका छन्। ३३ वर्षिय डा. गौरव शर्मा भारतको हिमाचल प्रदेशको हमीरपुरमा जन्मिएका र न्युजिल्याण्डका वासिन्दा हुन्। हालसालै न्युजिल्याण्डमा भएको चुनावमा लेवर पार्टीको टिकाट पाएर उठेका उनले हेमिल्टन वेस्टबाट जितेका हुन्।

अन्तरराष्ट्रिय मिडियाका अनुसार शर्माले सुरुवातमा न्युजिल्याण्डको स्थानीय भाषा माउरी भाषामा शपथ लिएपछी उनले संस्कृत भाषामा पनि शपथ ग्रहण गरेका हुन्।

अक्ल्याण्डबाट एम.वि.वि.एस गरेका डा. शर्माले वाशिङटनबाट एम.वि.ए गरेका थिए। न्युजील्याण्डमाको हेमिल्टनमा प्राक्टिस गरिरहेका उनले यो अघी लोक स्वास्थ्य, पोलिसी, मेडिसिन र कन्सल्टेशनको क्षेत्रमा पनि काम गरेका छन्।

उनले आफ्नो सेवामा न्युजील्याण्ड, स्पेन, अमेरिका, वियतनाम, मंगोलिया, स्विट्जर्ल्याण्ड र भारतमा कार्य गरिसकेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु