Information is intelligence
HomeEDITORIALकुर्सिकाे तानातानः संघीयता धरापमा

कुर्सिकाे तानातानः संघीयता धरापमा

- Advertisement -spot_img

सत्तारूढ नेकपाकाे अन्तरसंघर्ष,प्रतिपक्षी कांग्रेस तन्द्राकाे अवस्थामा , राजावादीहरूकाे तदारूकता अनि अन्य राजनीतिक दलहरूकाे सडक संघर्ष जुन प्राय शक्तिशाली बन्न सकेकाे छैन । अहिले नेपालमा देखिएका राजनीतिक दलहरूकाे वर्तमान अवस्था यहि नै हाे ।

दश वर्षे जनयुद्द र जनआन्दाेलन २ काे सफलतापश्चात संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाल बन्न सफल भएपनि याे नाममा मात्र सिमित भएकाे जस्ताे देखिन थालेकाे छ । अझ संविधानमा नै व्यवस्था गरिएकाे संघीय गणतन्त्र भन्ने शब्द हटाउन अहिले सरकार उद्यत देखिँदा त याे कहिल्यै राजनीतिक एजेण्डा नै थिएन कि जस्ताे भान हुन थालेकाे छ ।

भूकम्प , बाढीपहिराेबाट विस्तारै तंग्रिँदै गरेकाे नेपाली समुदाय विश्वभर एक्कासी आइपरेकाे काेराेना महामारीकाे चपेटामा पिल्सिँदै गरेकाे अवस्थामा दुइतिहाइ बहुमत पाएकाे कम्युनिष्ट सरकार एक पछि अर्काे प्राेपाेगाण्डा गर्दै बारम्बार विवादमा तानिएकाे छ । जनताकाे गाँस, बास र कपासकाे आधारभूत अधिकारकाे सुरक्षाकाे प्रत्याभूति दिलाउन तत्पर हुनुपर्ने सरकार पार्टीकाे आपसी विराेधमा अल्झिरहेकाे छ ।

महामारीकाे समयमा जनताकाे जिउधनकाे सुरक्षाकाे लागि एक भएर लाग्ने बेलामा जनताकाे दुःखमाथी खेलबाड गर्दै विभिन्न भ्रष्टाचारलगायत अनेकाैँ काण्डहरूमा मुछिएकाे छ ।

भर्खरै सार्वजनिक भएकाे ट्रान्सपरेन्सी इन्टरनेशनलकाे रिपाेर्ट अनुसार नेपालमा पछिल्लाे एक वर्षमा भ्रष्टाचारकाे रेट ५८ प्रतिशतले बढेकाे देखिन्छ । यसबाट पनि थाहा पाउन सकिन्छ कि सरकार जनताकाे दुःखमा मलम लगाउन कत्तिकाे तत्परता देखाइरहेकाे छ ।

राजनीतिक नेतृत्व कुर्सीकाे माेहमा लागेर खुट्टा तानातान गरिरहेकाे अवस्थामा आम सर्वसाधारणहरूमा भने संघीयता नै धरापमा पर्ने हाे कि भन्ने डर पैदा भएकाे देख्न सकिन्छ ।

सरकार घरायसी झगडा मिलाउन लागि पर्नु र सरकारमा बाह्य शक्तिकाे चलखेल प्रष्टरूपमा देखापर्नुले पनि सर्वसाधारणहरूमा याे डर पैदा भएकाे अनुमान लगाउन सकिन्छ ।

उता राजावादी अभियानमा लागेकाहरू अहिले देशव्यापी प्रदर्शनमा उत्रिरहेका छन्। देशका विभिन्न ठाउँमा आफ्नाे शक्ति प्रदर्शन गर्दै अन्य राजनीतिक दलहरूलाइ चुनाैतिकाे विगुल फुकिरहेका छन् । तर यी सबै कर्तुतहरू भैरहँदा पनि पूर्व राजा ज्ञानेन्द्र भने माैन देखिन्छन् ।

संघीयतापछिकाे सपनालाइ भाेट दिएका जनताहरू अहिले भैरहेकाे ब्रह्मलुटबाट आजित भैसकेका छन् ।

जनताबाट उठाएकाे करबाट जनसेवकहरूले आफ्नाे दुनाे साेझ्याइरहँदा पनि कार्यकारी पदमा बसेकाहरू अझ लुटकै समर्थन गरिरहन्छन् भने भाेलीकाे राजनीतिक भविष्यकाे बारेमा उनीहरूले साेचेका हुँदैनन् भनेर बुझ्नुपर्ने हुन्छ । तर नेपालकाे परिस्थिति भने ठिक उल्टाे देखिने गरेकाे छ ।बारम्बार फेल भैसकेकाहरूलाइ नै फेरी सत्ताकाे बाटाे देखाइदिने प्रवृत्तिले आजित भैसकेकाे नेपाली राजनीतिबाट जनताले परिवर्तनकाे आशा राख्नु नै कतै अभिशाप बन्ने त हैन ?  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु