Information is intelligence
HomeInternationalडोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्ने

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्ने

- Advertisement -spot_img

डोनाल्ड ट्रम्पले अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा भए आफूले ह्वाइट हाउस छोड्ने बताएका छन्।

अमेरिकी राष्ट्रपतिको चुनावमा पराजित भएपछि पहिलो पटक ट्रम्पले बिहीबार पत्रकारहरूसँग निर्वाचनको परिणामबारे अन्तर्क्रिया गरेका हुन्। उनले आफ्नो हार भने स्वीकार्न तयार नभएको बताए।

‘पक्कै पनि म छाड्नेछु, यो तपाईंहरूलाई थाहा छ,’ उनले भने,‘ यसलाई स्विकार्न निकै कठिन हुनेछ किनकी हामीलाई थाहा छ कि चुनावमा ठूलो धाँधली भएको छ।

उनले जो बाइडेनले ८ करोड मत ल्याउन सम्भव नभएको जिकिर गरे। ट्रम्पले सुरूदेखि नै चुनावमा धाँधली भएर आफूलाई हराइएको तर्क गर्दै आएका छन्।

यसबारे ट्रम्पलाई प्रतिप्रश्न गर्न लागेका समाचार संस्था रोयटर्सका पत्रकारलाई उनले हतोत्साही गरे। ‘म अमेरिकाको राष्ट्रपति हुँ। राष्ट्रपतिसँग त्यसरी कुरा नगर्नुस्। कुनै पनि राष्ट्रपतिसँग त्यसरी कुरा नगर्नुस्,’ ट्रम्पले भने।

अमेरिकामा नोभेम्बर  ३ मा भएको राष्ट्रपतीय निर्वाचनको औपचारिक मत परिणाम अझै सार्वजनिक भएको छैन। केही राज्यहरूमा धाँधली भएको भन्दै ट्रम्पको अभियानका मान्छेहरूले  मुद्दा हालेका छन्। तीमध्ये धेरै मुद्दा अदालतले खारेज गरिदिएका छन्।

हार स्वीकार्न आनाकानी गरे पनि ट्रम्प प्रशासनले शक्ति बाइडेनलाई हस्तान्तरण गर्ने प्रक्रिया भने सुरू गरिसकेको छ। आफ्नो क्याबिनेटका मन्त्रीहरू घोषणा गरिरहेका बाइडेनले ह्वाइट हाउसका ब्रिफिङ लिन थालेका छन्।

अमेरिकी संविधानअनुसार राष्ट्रपति निर्वाचित बाइडेनले जनवरी २०मा सपथ लिनेछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु