Information is intelligence
HomeEconomyप्रभु इन्स्याेरेन्सले पायाे इपीओ जारी गर्न धिताेपत्र बाेर्डकाे अनुमति

प्रभु इन्स्याेरेन्सले पायाे इपीओ जारी गर्न धिताेपत्र बाेर्डकाे अनुमति

- Advertisement -spot_img

प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६० लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । प्रभुले आइपीओ निष्कासनका लागि रेटिङ पनि सम्पन्न गरिसकेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबी प्लस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने पनि जनाउँछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

नेपालीपैसा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु