Information is intelligence
HomePoliticsनेकपा सचिवालय बैठक आज बस्ने

नेकपा सचिवालय बैठक आज बस्ने

- Advertisement -spot_img

नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठक पार्टीभित्रको विद्यमान विवाद समाधानमा केन्द्रित हुने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । आजको बैठकमा प्रचण्डको प्रस्तावको जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले पेश गर्नेछन् । यसकै लागि मंसिर ३ गतेबाट आजसम्मका लागि बैठक सारिएको थियो । प्रतिवेदनमा पार्टीभित्रको गतिरोधको निकासदेखि महाधिवेशसम्मका विषय समावेश गरिएको स्रोतले बताएको छ ।

बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् ।

प्रधानमन्त्री ओलीले  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् ।

गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

पछिल्लो समय दुवै अध्यक्ष र पक्षधरबीचको असमझदारी चुलिएर पार्टी एकतामै गम्भीर संकट देखा परेको अवस्था छ ।

यो पनि पढ्नुहोस् :के के गरे भारतीय विदेश सचिवले नेपाल आएर?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु