Information is intelligence
HomeHealthजाडाेमा हर्ट अट्याक हुने सम्भावना बढी (ध्यान दिनुपर्ने कुराहरू)

जाडाेमा हर्ट अट्याक हुने सम्भावना बढी (ध्यान दिनुपर्ने कुराहरू)

- Advertisement -spot_img

पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा प्रकाशित एक रिसर्च रिपाेर्ट अनुसार जसलाइ पहिलेदेखि नै मुटुसम्बन्धी समस्याहरू छन् , उनीहरूलाइ जाडाे महिनामा हर्ट अट्याक हुने सम्भावना ३१ प्रतिशतसम्म बढी हुन्छ ।

जाडाेमा खतरा किन बढी हुन्छ?

हामी सुतेकाे बेला हाम्राे शरीरकाे एक्टिभिटी पनि एकदम कम भएकाे हुन्छ । ब्लड प्रेसर र सुगरकाे मात्रा त झन् कम भएकाे हुन्छ । तर, हामी उठ्नुभन्दा पहिले नै हाम्राे शरीरकाे अटाेमेटिक नर्वस सिस्टमले प्रेसर र सुगरलाई सामान्य अवस्थामा ल्याइसकेकाे हुन्छ । याे सिस्टम जुन माैसममा पनि काम गरिरहेकाे हुन्छ । तर, जाडाे महिनामा याे काम गर्न सिस्टमलाई बढी मेहेनत गर्नुपर्ने हुन्छ । त्यसैले, जसलाई मुटुसम्बन्धी समस्या हुन्छ उनीहरूलाई हर्ट अट्याक हुने सम्भावना बढी हुन्छ ।

जाडाेकाे समयमा नसाहरू धेरै सुकेका हुन्छन् र दर्हाे बनेका हुन्छन् । नसाहरूलाई ताताे बनाइ चलायमान बनाउनका लागि रगतकाे स्पीड बढेकाे हुन्छ जसबाट ब्लड प्रेसर पनि बढ्छ। ब्लड प्रेसर बढेपछि हर्ट अट्याक हुने सम्भावना पनि बढेर जान्छ ।

यदी तपाइँला मुटुसम्बन्धी केही समस्या छ भने यी तीन कुराहरूमा ध्यान दिनुहाेला

१) धेरै पानी नपिउनुस्

मुटुकाे एउटा काम शरीरमा भएकाे रगतककाे साथ लिक्विडकाे पम्प गर्नु पनि हाे । जसलाई मुटुकाे समस्या हुन्छ उनीहरूकाे मुटु यसैपनि पम्प गर्नमा धेरै मेहेनत गरिरहेकाे हुन्छ । यस्ताे अवस्थामा तपाइँ धेरै पानी पिउनुहुन्छ भने मुटुलाई पम्प गर्न अझ मेहेनत गर्नुपर्ने हुन्छ र हर्ट अट्याककाे सम्भावना झन बढेर जान्छ । पानी कति पिउने यसकाे लागि आफ्नाे डाक्टरसँग सल्लाह लिन सक्नुहुन्छ । कतिपय मानिस बिहान उठ्नेबित्तिकै दुइ तीन गिलास पानी खान्छन् । मुटुसम्बन्धी समस्या छ भने कुनैपनि माैसममा तपाइँ यस्ताे नगर्नुस। अझ जाडाेकाे माैसममा त बिर्सेर पनि ।

२) नुन सकेसम्म कम खानुहाेला

मुटुकाे समस्या भएका व्यक्तिहरूले खानामा नुनकाे मात्रा एकदम कम गर्नुपर्छ । केबल ब्लड प्रेसरकाे लागि मात्र हैन याे पनि ध्यान राख्न पर्छ कि नुनले शरीरमा पानीकाे मात्रालाई राेक्छ । यसकाे मतलब तपाइँकाे मुटुलाइ पम्प गर्न धेरै मेहेनत गर्नुपर्छ र तपाइँलाइ हर्ट अट्याक हुने सम्भावना हुन्छ ।

३) बिहान छिटाे न उठ्नुस र छिटै मर्निङ वल्कमा नजानुस्

जसलाई पहिले पनि हर्ट अट्याक आइसकेकाे छ अथवा जसलाई मुटुकाे समस्या छ उनीहरू जाडाे माैसममा बिहान छिटै उठेर डुल्न जानुपनि खतरापूर्ण छ । जाडाेका कारण नसाहरू पहिले नै सुकेकाे हुन्छन् र अचानक तपाइँ अझ बाहिरी चिसाेमा जानुहुन्छ भने तपाइकाे शरीरलाई ताताे बनाउनका लागि मुटुले पम्प गर्न प्रेसर थेग्नुपर्ने हुन्छ र तपाइँलाइ हर्ट अट्याक हुन सक्छ । त्यसैले जाडाे महिनामा ओछ्यान छिटै छाेड्ने काम गर्नु हुन्न् ।

काेराेनाकालमा मुटुराेगीहरूले ध्यान राख्नुपर्ने तीन कुराहरू

  • औषधी र उपचार बन्द हुन नदिनुस् । संक्रमण भैहालेमा अवस्था चिन्ताजनक हुनसक्छ ।
  • छातीमा कुनैप्रकारकाे दुःखाइ महसुस भएमा तुरून्ट डाक्टर वा अस्पतालमा परामर्शि लिहाल्नुस ।
  • जतिधेरै आफ्नाे सुरक्षा गर्नुहुन्छ त्यतिधेरे राम्राे किनकि मुटुराेगीहरू काेराेनाकाे रिस्कजाेनमा हुन्छन्

३ रिसर्चहरू जसले काेराेना भाइरसकाे निशानामा मुटुराेगीहरू रहेकाे पुष्टि गर्छन्

मुटुराेगीहरू पहिलेदेखि नै काेराेनाकाे जाेखिममा छन् । तर निकाे भएपनि यसकाे असर मुटुमा उस्तै रहन्छ भन्ने रिसर्चहरू

  • वाल स्ट्रीत जर्नलकाे रिपाेर्ट अनुसार काेराेनाबाट निकाे भैसकेका मानिसहरूकाे मुटुमा गहिराे असर परेकाे छ । संक्रमणकाे उपचारपछि यीनिहरूमा सास लिनका लागि प्रब्लम , छातीमा दुःखाइ महसुस र मुटुले काम गर्ने क्षमतामा पनि कमि  आइरहेकाे छ  ।  
  • अमेरिकन मेडिकल एशाेसिएसनमा प्रकाशित रिपाेर्ट अनुसार काेराेनाबाट निकाे भएका १०० जनामध्ये ७८ जनाकाे मुटु खराब भएकाे छ र मुटु सुन्निएकाे पाइएकाे छ । रिपाेर्टका अनुसार संक्रमण जति लम्बिन्छ त्यति धेरै साइड इफेक्टहरू हात लाग्छन् ।
  • ओहियो स्टेट यूनिवर्सिटीकाे रिसर्च अनुसार काेराेनाबाट निकाे भएका प्रत्येक ७ जना मध्ये १ जना मुटुराेगबाट ग्रसित भैरहेका छन् । यसले सीधै उनीहरूकाे फिटनेसमा असर पुर्याइरहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु