Information is intelligence
HomePolitics'आफू हारेर पार्टीलाई जिताउ, अनि भन म नेता हुँ’: जनार्दनको आग्रह

‘आफू हारेर पार्टीलाई जिताउ, अनि भन म नेता हुँ’: जनार्दनको आग्रह

- Advertisement -spot_img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य तथा पुर्व मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफू हारेर पनि पाटीलाई जिताउन शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

(नेकपा) सचिवालय बैठकअघि ट्वीट गर्दै नेता शर्माले ‘आफू हारेर पार्टीलाई जिताउ, अनि भन म नेता हुँ ।’

शर्माले नेता बन्न आफैभित्रको इमान नापेर हेर्न समेत शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

‘आफुुलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर । संस्थागत मूल्य बोध गर । सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागु गरेर प्रमाणित गर । अनि आफु हारेर पार्टीलाई बचाएर भन म नेता हुँ।त्यसो भए बिधिले जित्ने छ । यसपटक बिधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ । अन्यथा…’शर्माले ट्वीट गर्दै नेताहरुलाई खवरदारी गरेका छन् ।

यसैगरी, अर्का स्थायी समिति सदस्य तथा मुख्यमन्त्री समेत रहेका नेता शंकर पोखरेलले दुवै अध्यक्षका प्रतिवेदन एकीकृत गर्नुपर्ने बताएका छन् । उनले पार्टी एकता रक्षाका दुवै प्रतिवेदन स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् भनेका छन् ।

उनले शनिबार सामाजिक संजालमा लेखेका छन्, ‘म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु