Information is intelligence
HomeLiteratureकेपि-प्रचण्डको दोहोरी ब्याटल

केपि-प्रचण्डको दोहोरी ब्याटल

- Advertisement -spot_img

प्रचण्ड – आराम हुनुहुन्छ ?
ओली – पखालाकाे औषधी खुवाएर बजारतिर कुदाउने अनि आराम बिराम साेध्ने ?

प्रचण्ड – कब्जियत भयाे भनेर किन उफ्रेकाे त ?
ओली – वैचारिक कब्जियत भयाे, समाधान निस्केन भनेकाे । त्यति नबुझ्ने ?

प्रचण्ड – मने निश्चितरूपमा, पाटी फुटाउँ भन्नुभएको हाे ?
ओली – दाेबाटाेमा उभ्याएर बाइबाई गरेपछि खुरुक्क बुझेर जाने कि जाउँ ? जाउँ ? भन्दै साेधिरहने ? टाप ठाेक्नुपर्छ नि ?

प्रचण्ड – तपाईं निष्ठुरी हुनुहँदाे रहेछ ! पाटी एक्लै चलाउनुभयाे ।
ओली – त्यत्राे अध्यक्ष पद दिएँ त तपाईंलाई । भङेराे मारेर पनि दिएँ, अब भुत्ल्याइदे त नभन्नुस् न ! आफै भुत्ल्याउनुस्, नसके दालसित भात खानुस् ।

प्रचण्ड – आउनुस्, चिया पिउँ ।
ओली – पिउँछु तर मेराे मान्छेले पकाएर दिनुपर्छ । दूध बडा चिनी कडा ।

प्रचण्ड – गुलियाे नपिउनुस्, सुगर लाग्न सक्छ ।
ओली – अच्छ्युँ खाएँ, बच्छ्युँ खाएँ, झुसे बारूलाे ! किड्नीले निहुँ खाेज्दा त जितिरहेकाे छु, जाबाे सुगर !

प्रचण्ड – अनि, सुनाउनुस् । अरू के छ खबर ?
ओली – के हुनु ? एकातिर तपाईंको कचकच, अर्काेतिर माधव नेपालकाे कचकच । दुई स्वास्नीकाे पाेइ कुना पसी राेई जस्ताे भइयाे । चित्त बुझाउनै नसकिने ।

प्रचण्ड – हाहा, मने निश्चितरूपमा । तपाईंले आफ्ना सहकर्मी त मिलाउन गाह्रो मान्नुभयाे, मैले त्यत्रा जनसेना कसरी मिलाएर राखेँ हाेला ?
ओली – धान छरेपछि परेवा कसरी भुल्छन् मलाई थाहा छैन ? नसिकाउनुस् न !!

प्रचण्ड – तपाईंले पनि त कनिकै छर्नुभएकाे छ नि ! कसैलाई रेलवेकाे प्रबन्धक, कसैलाई ट्रष्टकाे सदस्य बनाउनुभाे, हामीलाई थाहा छैन ?
ओली – हातमा डाडुपनियाे भएकाे बेला, आफ्ना केटाकेटीलाई पेटभरी खान नि नदिनु त ?

प्रचण्ड – तपाईंकालाई मात्रै खुवाउने ? हाम्रालाई नदिने ?
ओली – अलिअलि दिएकै छु त, साैताकाे छाेरालाई खान दिनु ठुलाे कुरा हाे, पेट भरिनु नभरिनु त त्यस्तै हाे ।

प्रचण्ड – जुन दिन डाडुपनियाे मेरा हातमा आउँछ नि, कसरी पस्किनुपर्छ मलाई थाहा छ !
ओली – डाडुपनियाे भाँचेर छाेड्छु नि हाै, मान्छे त म नि अल्ठ्याङ छु नि !

प्रचण्ड – हेराैँला !
ओली – हेर्नुहाेला !!

चिरन्जीवी ढकालका अन्य रचना पढ्नुहोस्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु