Information is intelligence
HomePoliticsचिनियाँ रक्षामन्त्री काठमाडौँमा

चिनियाँ रक्षामन्त्री काठमाडौँमा

- Advertisement -spot_img

काठमाडौं | चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ काठमाडौं आइपुगेका छन्।

नेपालको औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित फेङ आइतबार बिहान काठमाडौं आएका हुन्। उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री हुन्।

एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका फेङ विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास गएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा रक्षामन्त्री फेङ्हो नेपाल आएका हुन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आजै साँझ नै फर्कनेछन् ।

यो पनि पढ्नुहोस्:

के के गरे भारतीय विदेश सचिवले नेपाल आएर?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु