Information is intelligence
HomeSportsबार्सिलोनाले आज ओसासुनासँग खेल्दै

बार्सिलोनाले आज ओसासुनासँग खेल्दै

- Advertisement -spot_img

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आज (आइतबार) ओसासुनासँग खेल्दैछ । बार्सिलोनाले घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । बार्सिलोना लिगमा जित निकाल्दै तालिकाको आठौं स्थानमा पुग्ने योजनामा रहेको छ ।

लिगमा आठ खेल खेलेको बार्सिलोना ११ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ । बार्सिलोनाले आजको खेलमा जित निकाल्न सकेमा तालिकाको आठौं स्थानमा आफूलाई स्थापित गर्ने योजनामा छ ।  तर, लिगमा बार्सिलोनाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्न सकि रहेको छैन् ।

बार्सिलोना पछिल्ला पाँच खेलमा तीन खेलमा पराजित भएको छ भने एक खेलमा जित तथा एक खेलमा बराबरी खेलेको छ ।  यता १५ औं स्थानमा रहेको ओसासुनाको ९ खेलबाट ११ अंक रहेको छ ।  ओसासुना आजको खेलमा जित निकाल्दै तालिकाको आठौं स्थानमा उक्लने योजनामा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु