Information is intelligence
HomeInternationalजापानमा बढे कोरोना संक्रमित

जापानमा बढे कोरोना संक्रमित

- Advertisement -spot_img

जापानमा केही दिनयता कोरोना भाइरस संक्रमण दर बढेको छ । जापानका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या २४ घन्टाभित्र देखिएको हालसम्मकै सबैभन्दा बढी हो ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो । योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख ४६ हजार दुई सय १४  पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमित पाइएको जनाएको छ ।

यसअघि पनि गत महिना यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले अब फेरि समस्या बढ्दै गएमा आपतकालको अवस्थामा जस्तै केही नीतिमा परिवर्तन हुन सक्ने बताएका थिए ।

संक्रमण टोकियोमा मात्र नभएर अन्यत्र सहरमा पनि सरेको छ । आइतबार देखिएका संक्रमितमध्ये टोकियाेमा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ ।

जापानका विकट टापुहरूमा पनि कोरोना भाइरस संक्रमित भेटिन थालेका छन् । आइतबार भेटिएका ती संक्रमितमध्ये टोकियाेमा मात्र पाँच सय ६१ जना छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु