Information is intelligence
HomeEconomyसेयर बजारमा दिनहुँ नयाँ रेकर्ड, आजै मात्र ९ अर्ब माथिको कारोबार

सेयर बजारमा दिनहुँ नयाँ रेकर्ड, आजै मात्र ९ अर्ब माथिको कारोबार

- Advertisement -spot_img

काठमाडौँ – सेयर बजारले दिनहुँ  नयाँ रेकर्ड राख्दै आइरहेको छ  । गत साताकाे अन्तिम दिन बिहीबार नयाँ इतिहास कायम गरेर बन्द भएकाे सेयर बजारले यस साताकाे पहिलाे दिन आज (आइतबार) फेरि पनि नयाँ रेकर्ड बनाएकाे  हो । सेयर बजारले यसअघिको उच्चतम विन्दु १८८१ लाई क्रस गरेपछि लगानीकर्ताहरूमा झनै उत्साह थपिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.०२ अंकले बढेर एक हजार ९६८.२७ मा पुगेकाे छ । नेप्से ३.९६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १८.७६ अंकले बढेर ३८३.९३ मा पुगेको छ ।

कूल २०० वटा कम्पनीकाे २ कराेड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु