Information is intelligence
HomeSportsबायर्नको पुनरागमन जित, डर्टमण्ड घरेलु मैदानमै पराजित

बायर्नको पुनरागमन जित, डर्टमण्ड घरेलु मैदानमै पराजित

- Advertisement -spot_img

जर्मन बुन्डेस लिगामा शनिबार राति बायर्न म्युनिक र भिएफबी स्टुटगार्ट बिच भएको खेलमा बायर्न खेल आफ्नो पोल्टामा पार्न सफल रह्यो। बायर्नले भिएफबी स्टुटगार्टमाथि ३–१ को पूनरागमन जित निकालेको हो।

बायर्नको जितमा किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र डगलस कोस्टाले एक एक गोल गरेका थिए । घरेलु टोलीका टांगे कोउलीवालीले एक गोल गरेकोथियो ।

खेलको २०औं मिनेटमा कोउलीवालीले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए भने खेलको ३८औं किङ्सले कोमाले र ४५ औं मिनेटमा रोबर्ट लेवान्डोस्की मिनेटमा गोल गरे भने ८७औं मिनेटमा डगलस कोस्टाले गोल गर्दै बायर्नले पूनरागमन जित निकालेको हो।

बुण्डेसलिगाकै अर्को खेलमा बोरुसिया डर्टमण्ड घरेलु मैदानमै एफसी कोल्नसंग २-१ ले पराजित हुदैँ तेस्रो स्थानमा झर्दा अर्निया बिलेफेल्डलाई २-१ ले पराजित गर्दै आरबी लाइपजिग दोस्रो स्थानमा उक्लेको छ ।

डर्टमण्डलाई उसैको मैदानमा पराजित गर्न कोल्नका लागि एल्से स्खिरीले दुवै गोल गरे । उनले नवौं र ६०औं मिनेटमा गोल गरे । डर्टमण्डका लागि थोर्गन हाजार्डले ७४औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु