Information is intelligence
HomeNews१२ सय ५५ जना कोरोना संक्रमित थप, उपत्यकामा ५४८

१२ सय ५५ जना कोरोना संक्रमित थप, उपत्यकामा ५४८

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ५४८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने २ लाख १२ हजार बढी डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४७९ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु