Information is intelligence
HomeSportsचेल्सी र टोटनहमको खेल गोलरहित बराबरी, म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

चेल्सी र टोटनहमको खेल गोलरहित बराबरी, म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

- Advertisement -spot_img

लन्डन — इंग्लिस प्रिमियर लिगमा चेल्सी र टोटनहमले गोलरहित बराबरी खेलेका छन् ।

टोटनहम १० खेलमा २१ अंकसहित शीर्ष स्थानमा उक्लेको छ भने चेल्सी तेस्रो स्थानमै रह्यो । चेल्सी १० खेलमा  १९ अंक सहित तेस्रो स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन लिभरपुल १० खेलमा २१ अंकसहित गोल अन्तरले दोस्रो स्थानमा छ ।

हिजो भएकोआर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलार्य ३–२ ले  पुनरागमन जित हात परेको थियो। साउथह्याम्टनले सुरुमा दुई गोलको अग्रता लिएपछि म्यानचेस्टरले तीन गोल फर्काएर उत्कृष्ट पुनरागमन गरेको हो । उसका लागि एडिसन कभानीले इन्ज्युरी समयको तेस्रो मिनेटमा निर्णायक गोल गरे ।

कभानीले नै खेललाई २–२ को बराबरीमा पुर्‍याएका थिए । म्यानचेस्टरको पहिलो गोल ब्रुनो फर्नान्डेजको नाममा रह्यो । साउथह्याम्पटनबाट जेन बेडनारेक र जेम्स वार्डले गोल गरेका थिए । जित संगै म्यानचेस्टर ९ खेलमा १६ अंक सहित ८ औ स्थानमा छ भने  साउथह्याम्पटन १० खेलमा १७ अंक सहित ५ औ स्थानमा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु