Information is intelligence
HomeNewsहुम्लाको उत्तरी नाम्खा कोरोना संक्रमणमुक्त

हुम्लाको उत्तरी नाम्खा कोरोना संक्रमणमुक्त

- Advertisement -spot_img

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतवारदेखि कोरोना संक्रमणमुक्त बनेको छ । आइतवार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतवार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना संक्रमण मुक्त बनेको हो ।

मङ्सिर ११ गते नौ र आइतवार ४४ गरेर ५४ जना कोरोना संक्रमित विद्यार्थीको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएसँगै नाम्खा गाउँपालिका कोरोनामुक्त पालिका बनेको सिआइसिटी सदस्य तथा मुचु स्वास्थ्यचौकीका एचए पेमा छुकी लामाले जानकारी दिए ।

आइसोलेसनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आएपछि याल्वाङको महाबौद्ध माध्यमिक विद्यालयको होस्टेलमा बस्ने विद्यार्थी घर फिर्ता भएका छन् भने धार्मिक विद्यालय गुम्बामा अध्ययनरत विद्यार्थी सोही गुम्बामै रहेको लामाले जानकारी दिए ।

याल्वाङमा कोरोना संक्रमण लक्षणका बिरामी नभएपछि आइतवारबाट यो सङ्क्रमण बिरामी शून्य बनेको याल्वाङ स्वास्थ्यचौकीका इञ्चार्ज ग्याछु लामाले जानकारी दिनुभयो । आइतवार डिस्र्जाच भएका ५४ जनाको सम्पर्कमा आएका कोही कसैमा यो संक्रमणको लक्षण नदेखिएको र यदि देखिएमा परीक्षणको दायरालाई बढाउने इञ्चार्ज लामाले बताए ।

केही दिन अगाडि वडा नं ४ को ठूलो जनसङ्ख्या रहेको समुदायस्तरमा कोरोना परीक्षण गर्दा कोही कसैमा नदेखिएको हो । महाबौद्ध याल्वाङका तीन कर्मचारी र ३२ विद्यार्थीसहित ३५ संक्रमित तथा धार्मिक विद्यालय गुम्बाका १९ विद्यार्थी गरेर ५४ जना डिस्चार्ज भएका हुन् । दुई कोरोना संक्रमितलाई काठमाडौं लगिएको छ ।

नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सविना बोहरा, याल्वाङ स्वास्थ्यचौकी इञ्चार्ज ग्याछु लामा, एचएहरू पेमा छुकी लामा, गोरा भण्डारी र लोग बोहरा, ल्याब असिस्टेन्ट छेदेन लामा, छिरिङ लामा, मन्दिरा शाही र गाउँपालिकालगायतका स्वास्थ्यकर्मीको अथक प्रयासपछि कोरोना नियन्त्रणमा आउनुका साथै आइतवारदेखि उक्त गाउँपालिका संक्रमण मुक्त बनेको हो । ससो गाउँपालिकामा जिल्ला ल्याब टेक्निसियन बलिराज भण्डारी नियमित खटिएका थिए ।

उत्तरी नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण पहिलोपटक कात्तिक २२ गते देखिएको थियो । कात्तिक २४ गते चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चार जनामा देखिएको संक्रमण फैलिएर ५६ जनामा सरेको थियो । हुम्लामा पहिलोपटक असोज ३ गते यो संक्रमण देखिएको थियो । हालसम्म ६६ जना संक्रमित देखिएका छन् । अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना चिकित्सक मात्रै संक्रमित छन् । अन्य सबै संक्रमणमुक्त बनेका छन् । रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु