Information is intelligence
HomeInternationalह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त

ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त

- Advertisement -spot_img

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार तथा प्रेस हेर्न शीर्ष टिम घोषणा गरेका छन् र त्यसमा सबै महिला रहेका छन् ।

प्रेस टिमको नेतृत्व केट बेडिङ्गफिल्डले गर्ने छिन् । उनी बाइडेनको चुनावी अभियानकी डेपुटी कम्युनिकेशन डिरेक्टर हुन् ।

बेडिङ्गफिल्डलाई ह्वाइट हाउस कम्युनिकेशन डिरेक्टरमा नियुक्त गर्ने घोषणा गरेका बाइडेनले आफ्नो प्रशासनमा ह्वाइट हाउस प्रवक्ताको रुपमा जेन साकी रहने जानकारी दिएका छन् । उनी बाराक ओबामा प्रशासनमा ह्वाइट हाउस कम्युनिकेशन डिरेक्टर थिइन् ।

बाइडेनले लगातार आफ्नो प्रशासन विविधताले युक्त हुने र त्यसमा सबैको प्रतिनिधित्व हुने बताउँदै आएका छन् । उनले आफ्नो प्रशासनले देशको प्रतिनिधित्व गर्ने दाबी लगातार गर्दै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले वक्तव्यमा भनेका छन्, ‘सम्पूर्ण महिलासहितको पहिलो ह्वाइट हाउस कम्युनिकेशन टिम घोषणा गर्न पाउँदा गर्व लागेको छ ।’

उनले वक्तव्यमा भनेका छन्, ‘यी योग्य र अनुभवी सञ्चारविज्ञहरुले काममा विविधता ल्याउने र यो देशलाई पुनः राम्रो तथा उत्कृष्ट मार्गमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।’

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारीका दुई शीर्ष प्रेस सल्लाहकारमा सिमोन सान्डर्स र एश्ली एटिएन रहने छन् । यी पदका लागि माथिल्लो सदन सिनेटको अनुमोदन चाहिँदैन । रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु