Information is intelligence
HomeSportsघरेलु मैदानमा आर्सनलको अपत्यारिलो हार, जिमिनेज़ घाइते

घरेलु मैदानमा आर्सनलको अपत्यारिलो हार, जिमिनेज़ घाइते

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरेलु मैदानमै पराजित भएको छ ।

आइतबार राति भएको खेलमा आर्सनल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा  पेड्रो नेटोले खेलको २७ औं मिनेटमा  उल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए भने ३० औं आर्सनलका गाब्रिएलले एक गोल गर्दै खेल बराबरीमा लेराएका थिए । तर खेलको ४२ औं मिनेटमा डानिएलले उल्भ्सको लागि दोस्रो गोल गरे जुनले गर्दा आर्सनलले हार बेहोर्नु पर्यो ।

मेक्सिकन खेलाडी राहुल जिमिनेज़ कर्नर बलमा हेड गर्ने क्रममा उनी आर्सनलका डेभिड लुइजसँग जुध्न पुग्दा टाउकोको हड्डी फ्राक्चर भएर खेलको १५ औं मिनेटमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए ।

जितसंगै उल्भ्स १० खेलमा १७ अंक जोड्दै  छैटौं स्थानमा उक्लिएको छ भने आर्सनल १३ अंक सहित १४ औं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु