Information is intelligence
HomeTourismराष्ट्रिय निकुञ्‍जमा मृत गैंडा फेला

राष्ट्रिय निकुञ्‍जमा मृत गैंडा फेला

- Advertisement -spot_img

चितवन, १६ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्‍जमा सोमबार एउटा गैंडा मृत फेला परेको छ । निकुञ्‍जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैंडा मृत फेला परेको हो ।

निकुञ्‍जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैंडा फेला परेको हो । सो गैंडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको छ ।

उक्त गैंडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले जानकारी दिए। उक्त गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

यससँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैंडा मारिएका छन् । निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्‍जले समिति बनाएर अध्ययन गरिरहेको छ ।

यस विषयमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलेसमेत निकुञ्‍जको स्थलगत अवलोकन गर्नुका साथै निकुञ्‍जका कर्मचारी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु