Information is intelligence
HomeEconomyलगातार १२ जलविद्युत कम्पनीले आइपीओ ल्याउने तयारी

लगातार १२ जलविद्युत कम्पनीले आइपीओ ल्याउने तयारी

- Advertisement -spot_img

धितोपत्रको दोस्रो बजारमा नयाँ माहोल खडा भइरहेका बेला प्राथमिक बजारमा पनि थप  तीन कराेड उनानअसी लाख छयानब्बे हजार नाै सय सात कित्ता आइपीओ आउने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँका आधारमा यो ३ अर्ब उनानअसी करोड रुपैयाँभन्दा बढी (झन्डै ४अर्ब रुपैयाँ) को हुनेछ । पछिल्लो समय आइपीओमा आम लगानीकर्ताको निकै ठूला आकर्षण देखिएको छ । आइपीओ पाउन लगानीकर्तालाई हम्मेहम्मे हुने गरेको छ । मागको तुलनामा निकै बढी आवेदनहरु पर्ने गरेका छन् ।

आइपीओ निष्कासन गर्न लागेका जलविद्युत कम्पनीहरूमा शुभम पावर ,इमर्जिङ नेपाल,सिइडिबी हाइड्राेपावर , तेर्हथुम पावर कम्पनी , हिमालयन हाइड्राेपावर, विन्ध्यवासिनी हाइड्राेपावर,रूरू जलविद्युत परियाेजना , मैलुङखाेला जलविद्युत, ग्रीनलाइफ हाइड्राेपावर, सिंगटी हाइड्राे इनर्जी , मध्य भाेटेकाेशी जलविद्युत र न्यादी पावर लिमिटेड रहेका छन् ।

आइपीओ निष्कासनका लागि नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएपनि अहिलेसम्म अनुमति भने पाइसकेका छैनन् । बोर्डमा आइपीओ जारीको लागि अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् ।

त्यस्तै हालैमात्र बाेर्डबाट अनुमति पाएका चन्द्रागिरी हिल्स र प्रभु लाइफ इन्स्याेरेन्सले भने तत्काल आइपीओ निष्कासन गर्ने भएका छन् । चन्द्रागिरीले मिति पनि तय गरिसकेकाे छ भने प्रभु लाइफले मिति तय गर्ने क्रममा रहेकाे बताएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु